काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
संयोग पुरुष तथा नवीता महिलामा पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले आफ्नै विभागका विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३ र ११–९ को सेटमा पराजित गरे । नेपाल आर्मीका कृष्ण थापा मगर र आयोजक काठमाडौं खेल मण्डल (केकेएम)÷न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा नवीताले एपीएफकी वियन्का राईलाई ८–११, ९–११, १३–११, ११–९, ११–८ र ११–९ को सेटमा हराइन् । नेपाल प्रहरीकी एलिना महर्जन र एपीएफकी सिक्का सुवाल श्रेष्ठले कांस्य हात पारे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।