काठमाडौं । आयोजक काठमाडौं खेल मण्डल (केकेएम) - न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।
यू –१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा वियन्का पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे । केकेएम÷एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेश्रो भए ।
गर्ल्सको उपाधि भिडन्तमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७ र ११–८ को सेटमा हराए । नेपाल आर्मीकी सुष्मिता खड्का र केकेएम÷एनआरटीकी अन्जु सुवालले कांस्य हात पारे ।
पुरुष÷महिला खुला सिंगल्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।