आत्मरक्षा तालिम सुरु
शुक्रबार, ०७ मंसिर २०७५खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेसनको आयोजनामा महिला हिंसा विरुद्ध महिलाको सहभागिता जनचेतनामुलक प्रशिक्षण तथा आत्मरक्षा तालिम शुक्रबारदेखि सुरु भएको छ ।
३ महिने तालिम उपत्यकालगायत विभिन्न जिल्लामा पनि सञ्चालन गरिने आयोजक अर्गनाइजेसनका अध्यक्ष डिबी नेपालीले जनाएका छन् । तालिममा करिब १ सय प्रशिक्षार्थीको सहभागिता थियो ।
सोही अवसरमा अर्गनाइजेसनकै आयोजनामा भएको साताव्यापी प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिमका सहभागीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।
तालिमको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरेक थिए ।















-1777808400835.jpeg&w=3840&q=75)
