काठमाडौं । कीर्तिपुर नगरपालिका वडा ६ का जयराम महर्जन र ललितपुर महानगरपालिका वडा ११ का राजेन्द्र वज्राचार्य दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा शुक्रबार पहिलो भएका छन् ।
पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि जयराम र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथि फाइनलमा जयरामले ललितपुर १६ का राजु शाक्यलाई १४–१२, ११–९ र ११–४ को सोझो सेटमा पराजित गरे । काठमाडौं महानगरपालिका वडा २५ का रन्जित मल्ल र काठमाडौं २ का उमेश मानन्धर तेश्रो भए ।
स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले बूढानीलकण्ठ नगरपालिका वडा १ का कपुर शर्मा पौडेललाई ११–९, १३–११, ९–११ र ११–८ को सेटमा हराए । ललितपुर १६ का प्रकाश धाक्वा र ललितपुर ११ का नदिमरत्न शाकय तेश्रो बने ।
पाँच स्पर्धा समावेश प्रतियोगितामा अब पुरुष÷महिला सिंगल्सको फाइनल हुन बाँकी उक्त खेल शनिबार हुनेछ ।
पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
महिला सिंगल्समा संखुवासभा वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा पुगेका छन् ।