बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोदावरी र भक्तपुर फाइनलमा

मंगलबार, २१ भाद्र २०७९खेलपाटी संवाददाता
गोदावरी र भक्तपुर फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान ३–२ को सेटमा पराजित गरे ।

प्रतियोगिताको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडीमा संयोग कपाली, रुविन महर्जन, शुभश्री श्रेष्ठ, वियन्का राई, इभाना थापा मगर, प्रिन्स थापा र प्रज्ज्वल मानन्धर रहेका छन् । उक्त प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा १ रजत र ४ कांस्य पदक जितेको थियो । शुभश्री र वियन्काले रजत जितेका थिए भने बाँकीले कांस्य हात पारेका थिए ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय÷२ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

टिम च्याम्पियनलाई रनिङ सिल्ड प्रदान गरिने छ । पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको वडा ३ टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा ३ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेलप्रेमी पूर्णशंकर श्रेष्ठ रहेका छन् । प्रतियोगिता भदौ २५ गतेसम्म जारी रहने छ ।

Loading ad...
LiNing Ad
गोदावरी र भक्तपुर फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका