काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबलटेनिस खेलाडी छनोट भएका छन् ।
पुरुष÷महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् ।
पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही र कुशल न्याछो छनोट भए । काठमाडौंका चन्दन बाहेक सबै ललितपुरका हुन् ।
महिलामा अन्जु सुवाल, दिया देउला, क्यारिना सुवाल, अनामिका कस्ती र रोनिशा महर्जन छानिए । रोनिशा ललितपुर तथा बाँकी भक्तपुरका हुन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।