काठमाडौं । टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६ औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् ।
सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
२००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा टेबलटेनिस संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।
उनी एसियाली टेबलटेनिस युनियनका कम्पिटिसन म्यानेजर हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक र कम्पिटिसन म्यानेजरको भूमिका निर्वाह गरेका महरा चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि समेत निर्णायकमा छनोट भएको प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी गराए ।