काठमाडौं । एभीएमकी वियंका राई र एपीएमका आशिष मेहताले १६ औं हरेराम जोशी मेमोरियल खुला टेबल टेनिस प्रतियोगिता अन्तर्गत यू-१६ तर्फको उपाधि जितेका छन् ।
महिलातर्फ वियंका र पुरुषतर्फ आशिषले उपाधि जितेका हुन् ।
महिलातर्फको वियंकाले एभीएमकी इभाना थापा मगरलाई ११-७,११-५ र ११-७ ले हराएर उपाधि जितेकी हुन् । एभीएमकी आसम पहाडी र नर्भदा खैतु प्रोक्सीमा तेस्रो भए ।
पुरुषतर्फ आशिषले एपीएमका विशाल थापालाई ११-६, ११-८ र ११-९ ले हराएर उपाधि जिते । एभीमका आयुष ताम्राकार र ऐलेन महर्जन तेस्रो भए ।
हरेराम जोशी मेमोरियल फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताका विजेतालाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले पुरस्कृत गरेका थिए ।