बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पाल्पा जिल्ला फुटबलको गज्जबको काम

शुक्रबार, २४ असार २०७९खेलपाटी संवाददाता
पाल्पा जिल्ला फुटबलको गज्जबको काम

पाल्पा जिल्ला फुटबल संघको योजना तर्जुमा गोष्ठि । फोटो : खेलापाटी

Loading ad...
mustang rice ad

काठमाडौं । पाल्पा जिल्ला फुटबल संघले नयाँ आर्थिक वर्षका लागि योजना तर्जुमा गरेर फुटबल कार्यक्रम अघि बढाउने भएको छ । जिल्ला फुटबल संघको नेतृत्व परिवर्तनसँगै नयाँ कार्यसमितिले वार्षिक योजनानै बनाएर फुटबल कार्यक्रम जिल्लाभर सञ्चालन गर्ने निर्णय गरेको हो । 

संघले गत आईतबार वार्षिक योजना तर्जुमाका लागि गोष्ठिनै आयोजना गर्यो । जिल्लालाई तीन क्षेत्रलाई विभाजन गरेर सहभागीले आ आफ्नो क्षेत्रबाट योजना प्रस्तुत गरेका थिए । तीन क्षेत्रबाट प्राप्त योजना र सुझावलाई नयाँ आर्थिक वर्षमा समग्र जिल्लाको फुटबल कार्यक्रमको रुपमा अघि बढाउने निर्णय जिल्ला फुटबल संघले गरेको छ । 

पाल्पाको तासेनमा मात्र केन्द्रित फुटबल गतिविधिलाई तीन क्षेत्र विभाजन गरेर माडी र रामपुरलाई समेत योजना, कार्यक्रममा समावेश गरेको छ । बैठकले तीन वटै क्षेत्रमा ग्रासरुट प्रशिक्षणलाई प्राथमिकतामा राखेर नियमित प्रशिक्षणलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, पाल्पा जिल्ला फुटबल संघको भवन तथा एन्फा पार्क निर्माणका लागि प्रक्रिया अघि बढाउने र तीन वटै क्षेत्रका खेल मैदानका लागि स्तरोन्नतीको निर्णय भएको छ । 

बैठकले जिल्ला संघमा आबद्ध भएका क्लब र तीनका पदाधिकारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नेदेखि प्रदेश खेलकुद विकास परिषदसँग सहकार्य गरेर प्रदेश तथा छिमेकी जिल्लाका क्लबको सहभागीतामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । संघले स्थानीय सरकारसँग सहकार्य गरेर ब्यापक रुपमा जिल्लाभरी फुटबल विकासका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनीक गरेको छ । 

जिल्ला फुटबल संघको नयाँ नेतृत्वको रुपमा आएका अध्यक्ष प्रणय बिरगंज राणाले जिल्ला सदरमुकाममा मात्र केन्द्रित फुटबललाई जिल्लाभर लैजाने लक्ष्य सहित कार्यक्रम तयार पारिएको बताउँछन् । 

‘तानसेनमा मात्र फुटबल गतिविधि केन्द्रित भैरहेको अवस्थामा जिल्लालाई तीन क्षेत्रमा विभाजन गरेर माडी र रामपुरमा समेत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं । यसले जिल्लाभर फुटबलका गतिविधि बढ्नुका साथै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ उनले भने ।  

अध्यक्ष राणाले ग्रासरुट, नियमित प्रशिक्षण, पूर्वाधार र प्रतियोगितामा जिल्ला फुटबल संघ केन्द्रित भएर काम गर्ने बताउँछन् । 

जिल्लामा यति धेरै कार्यक्रम गर्ने स्रोतको ब्यवस्थापन कसरी गर्नुहुन्छ त ? भन्ने प्रश्नमा राणा भन्छन्, ‘हामीलाई एन्फा, संघीय सरकार, प्रदेश र स्थानीय सरकारसँग धेरै अपेक्षा छन् । एन्फाले राम्रो कार्यक्रम र स्रोत उपलब्ध गराएको खण्डमा जिल्ला फुटबलको स्तरलाई माथि उकास्न हामी कोशिश गर्नेछौंं । नीजि क्षेत्रलाई आकर्षित गरेर जिल्लामा धेरै भन्दा धेरै कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’

फुटबलमा जिल्ला संघको काम केन्द्रबाट प्राप्त बजेट र कार्यक्रम सम्पन्न गर्ने तर स्रोत व्यवस्थापन गरेर जिल्लामा कार्यक्रम गर्ने प्रचलन एकदमै कम छ । केही जिल्लाले मात्र प्रदेश र स्थानीय सरकारसँग मिलेर जिल्लामा फुटबल गतिविधिलाई चलायमान र नतिजामुखी बनाएका छन् । 
 

Loading ad...
LiNing Ad
#पाल्पा जिल्ला फुटबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा