काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अध्यक्षमा पुन: काजी सलाहुद्दिन निर्वाचित भएका छन् ।
बंगलादेशको ढाकामा शनिबार आयोजना भएको साफको कंग्रेसबाट काजी दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् ।
बंगलादेशका काजीको कार्यकाल २०२६ सम्म रहने छ ।
यस्तै भुटानका युगेन वाङचुक साफको कार्यकारी समिति सदस्य र श्रीलंकाका जसवर उमर साफको प्रतिनिधित्व गर्न एएफसीको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।
दुई उपाध्यक्ष र एक पुरुष कार्यकारी समिति सदस्य र एक महिला सदस्य भने आगामी वर्ष आयोजना हुने साफ कंग्रेसले टुंगो लगाउने छ ।
साफको उपाध्यक्षमा नेपालका सुन्दरनरसिंह जोशीले उम्मेदवारी दिएका थिए ।