काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाँडेको नियुक्ति विधान विपरित नभएको जनाएको छ ।
एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै विधान मिचेर पाँडेलाई नियुक्त नगरिएको जनाएको छ ।
एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्तराष्ट्रिय विभाग प्रमुखमा पाँडेलाई नियुक्ति गरेको थियो ।
तर, पाँडेको नियुक्ति विधान विपरित भएको भन्दै आलोचना भएको थियो ।
एन्फाले मुख्य प्रशिक्षक, प्रशिक्षक, फुटबल प्राविधिक लगायतका पदमा विदेशी नागरिकलाई प्रयोग दिने चलन रहेको कारण उनको नियुक्ति विधान विपरित नरहेको जनाएको छ ।
यस्तै एन्फाले पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिक रुपमा सो पदमा रहेर काम गर्ने जनाएको छ ।