पोखरा । नवीन कुमार गुरुङ गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
पोखरामा शुक्रबार भएको चौंथो अधिवेसनबाट गुरुङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा हरि कुमार श्रेष्ठ र महासचिवमा टहल सिंह थापा मगर निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा सोम बहादुर पोवी ‘यामु’ र कोषाध्यक्षमा जीवन भण्डारी निर्वाचित भए ।
त्यस्तै सदस्यमा कमला श्रीष, राजेन्द्र जिसी, रमेश श्रेष्ठ, नौराज गुरुङ, टुकराज गुरुङ, राजेन्द्र बम, राज बाबु श्रेष्ठ र गंगा केसी निर्वाचित भएका छन् ।
प्राविधिक समितिको संयोजकमा नारायण बहादुर भण्डारी र रमेश केसी प्रशिक्षक निर्वाचित भए ।