महासचिव राईलाई एएफसीको बधाई
शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवमा किरण राईलाई एसियन फुटबल कन्फेडेरेसन (एएफसी) का महासचिवले बधाई दिएका छन् ।
एएफसीका महासचिव दाटुक सेरी विन्डसर जोनले शुक्रबार एन्फा महासचिव नियुक्ति भएकोमा राईलाई बधाई दिएका हुन् ।
एएफसी महासचिव जोनले पत्र पठाएर राईलाई बधाई दिएका हुन् ।
एएफसी महासचिव जोनले पठाएको पत्रमा राईले पाएको जिम्मेवारीलाई उर्जा र उत्साहका साथ सम्हाल्नेमा विश्वस्त रहेको बताएका छन् ।
यस्तै एएफसीका महासचिवले नेपालमा फुटबलको विकासका लागि आवश्यक पर्ने ठाउँमा एएफसीले साथ र सहयोग गरिरहने आश्वासन दिएका छन् ।
एन्फाको नयाँ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिव नियुक्त गरेको थियो ।
महासचिव राईलाई एएफसीको बधाई












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


