काठमाडौं । विभिन्न खेलका प्रशिक्षकहरुका लागि शारीरिक र मानसिक फिटनेस सेमिनार सुरु भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले आयोजना गरेको सेमिनार आइतबारबाट सुरु भएको हो ।
सन् २०२० को टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै एनओसीले जापानको फिटनेस सम्बन्धि दुई संस्था कलरबाथ र एटमानसंग सहकार्य गर्दै सेमिनारको आयोजना गरेको हो । एनओसी भवनमा सुरु सेमिनारमा जापानिज प्रशिक्षक मियुकी कोसुगाले प्रशिक्षण दिईरहेका छन् ।
सेमिनारमा प्रतियोगिताको दौरान आफ्ना खेलाडीलाई कसरी जितका लागि प्रोत्साहन, शारीरिक र मानसिक रुपमा तयार बनाउन सकिन्छ भन्ने बिषयमा ज्ञान दिइन्छ ।
सेमिनारमा फेन्सिङ, स्विमिङ, ट्राइथोलन, जुडो, शुटिङ, बक्सिङ र एथलेटिक्सका प्रशिक्षकहरु सहभागी रहेका थिए । सेमिनार अन्तर्गत सोमबार लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा तेक्वान्दो र एथलेटिक्सको प्रशिक्षण हुनेछ ।