काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि राजिब राज पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा भएका छन् ।
फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेलले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पौडेलले सोमबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् । उनले भोलि मंगलबार उम्मेदवारी दर्ता गराउने जानकारी गराए ।
एन्फामा लामो समयदेखि एकै खाले काम भइरहेको कारण सुशासनको लागि आफुले उम्मेदवारी दिन लागेको पौडेलले बताए ।
यस अघि अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराईसकेका छन् ।
एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् ।