काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घले आसन्न निर्वाचनमा कर्माछिरिङ शेर्पाको पक्षमा देखिएका छन् ।
एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाको प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित नभएपनि घलेले शुभकामना सन्देश पठाएका थिए ।
घलेले पठाएको सन्देशमा शेर्पाको प्यानललाई आफ्नो समर्थन रहेको बताए । घलेको शुभकामना सन्देश मधुसुदन उपाध्यायले पढेर सुनाएका थिए ।
घले एन्फाको राजनीतिमा प्रभावशाली मानिन्छन् ।
शेर्पाले सोमबार पत्रकार सम्मेलन गर्दै असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहेका छन् ।
सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषण गरेका छन् ।