काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
अध्यक्ष शेर्पाको प्यानलले भोलि सोमबार उम्मेदवारीको घोषणा गर्दै उम्मेदवारी दर्ता गराउने छन् ।
शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा नेतृत्वका लागि निर्वाचित भएका थिए ।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भईसकेको छ ।
यस अघि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दिईसकेका छन् ।
यस्तै पंकज प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका थिए ।