पोखरा । नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पोखरा क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन आफुले साथ दिने बताएका छन् । पोखरा प्रिमियर लिग पीपीएलको अन्तिम दिन प्रमुख अतिथी बनेर पोखरा पुगेका दाहालले अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउनेतर्फ पाटी, सरकार र सबैको ध्यान जान आवश्यक रहेको समेत बताए ।
उनले पोखरा फुटबलका लागि लोकप्रिय भएपनि पछिल्लो समय क्रिकेटले समेत लोकप्रियता हासिल गरेकोमा खुसी ब्यक्त गरे ।
'नेपालले क्रिकेटका माध्यमबाट पहिचान बनाउँदै अगाडि बढ्दै गरेको छ । पोखरा विश्वभरी सुुन्दर पर्यटकिय नगरीका रुपमा परिचित छदैछ । पोखरामा फुुटबलको क्रेज भएको जिल्लाका मानिन्छन । तर, अब फुुटबलसँगै क्रिकेटको पनि क्रेज भएको छ ।' उनले भने ।
पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले प्रतियोगिता आयोजनामा महत्वपुर्ण भुमिका खेलेका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको प्रशंसा गरे । प्रतियोगिताले राष्ट्रिय एकताको सन्देश देशैभर गएको उल्लेख गर्दै उनले राष्ट्रलाई एकताबद्ध पार्ने काम खेलको माध्यमबाट बनेको बताए ।