काठमाडौं । माल्दिभ्सको मालेमा आयोजना हुने दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल टेबलटेनिस संघले बिहीबार त्यसतर्फ जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष चतुरानन्द बैद्य लगायतले बिदाइ गरे ।
यस्तै खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको थियो । खेलाडीका लागि पोशाक लिनीङले उपलब्ध गराएको हो ।
प्रतियोगितामा क्याडेट र जुनियरमा गरि १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गर्ल्समा इभाना थापा र वियंका राई रहेका छन् । जुनियरको ब्वाइजमा संयोग कपाली, रुविन महर्जन र सुजन गडाल छन् ।
गर्ल्समा अन्जु सुवाल, मन्जु सुवाल र शुभश्री श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता बैशाख २५ देखि २९ गतेसम्म हुनेछ ।