काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छिन् ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा विमला पौडेललाई पराजित गर्दै पेमा निर्वाचित भएकी हुन् ।
कुल ४२ भोटमध्ये पेमाले ३६ र विमलाले ६ मत प्राप्त गरिन् ।
संघको उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली विजयी भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरे । उपाध्यक्षको प्रत्यासी रमा भट्टराईले ७ मत प्राप्त गरिन् ।
संघको सदस्यमा वृन्दा देवान, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्र भण्डारी र बिना श्रेष्ठ चयन भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । केन्द्रिय निर्वाचन अघि महिला संघको निर्वाचन भएको हो ।