इलाम । इलाम जिल्ला फुटबल संघ इलामको ७ औं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
इलाममा शनिबार सम्पन्न सभाले संघको उपाध्यक्षमा पुर्णबहादुर लिम्बु (फत्र माईला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा प्रमोनन्द दुलाल (प्रकाश), लिलबहादुर बुर्जा, भुवन सिंह भुजेल, विप्लप कोईराला, सुरेन राई, पवनकुमार श्रेष्ठ, ज्ञानबहादुर राई, मोहनकुमार राई, मणीकुमार गुरुङ, महानन्द भक्तराज, विजयकुमार सुब्बा र महिला सदस्यमा शोभा राई चयन भएका छन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व सचिव घनेन्द्र भक्तराज र जिल्ला फुटबल संघ इलामका संस्थापक अध्यक्ष राजकुमार भक्तराजलाई सम्मान गरिएको थियो । संघको महासचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ।