आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
  4. /
  5. श्यान्टु र सिक्का च्याम्पियन

श्यान्टु र सिक्का च्याम्पियन

२०२२ अप्रिल ९, शनिबारखेलपाटी संवाददाता

श्यान्टु र सिक्का च्याम्पियन

काठमाडौं ।  नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि शनिबार जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन श्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को सेटमा पराजित गरे ।

एक हप्ताको अवधिमा श्यान्टुको यो दोश्रो उपाधि हो । यसअघि उनले चैत १९ गते चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटनिस प्रतियोगितामा भारतीय खेलाडीलाई हराउदै सिंगल्स उपाधि जितेका थिए । नेपाल आर्मी दीप साउन र एपीएफका संयोग कपाली तेश्रो भए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा सिक्काले आर्मीकी स्वेच्छा नेम्वाङलाई ११–४, ११–४, ११–२ र ११–७ को सोझो सेटमा सहजै हराइन् । सिक्काको यो पहिलो सिनियर सिंगल्स उपाधि हो । आर्मीकी रविना महर्जन तथा प्रहरीकी सोनु थापा मगर तेश्रो भए । दुवै समूहको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे ।

ह्विलचेयरको सिंगल्सतर्फ पुरुषमा अर्पण सुनुवार राईले प्रदीप भण्डारीलाई ८–११, ११–५ र ११–६ तथा महिलामा लाली शेर्पाले रजनी राईलाई ११–५ र ११–३ ले फाइनलमा पाखा लगाउदै स्वर्ण हात पारे । स्टेन्डिङको महिला सिंगल्स फाइनलमा रायकोशा शाहीले मेणुका गौतमलाई ४–११, ११–७ र ११–४ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारिन् ।

मिडियाको पुरुष सिंगल्समा हिमालय टेलिभिजनका सुमन प्रधान पहिलो, कान्तिपुर दैनिकका राजु घिसिङ दोश्रो तथा खेलपाटीका निशान राई र राजधानी दैनिकका दिलबहादुर तामाङ तेश्रो भए ।

स्कुलतर्फ आदर्श विद्या मन्दिर (एभीएम) टिम च्याम्पियन बन्यो । एभीएमले ४ स्वर्ण, ६ रजत र ५ कांस्य हात पा¥यो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, केबी सामका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमितकुमार बेगानी, आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २१ गतेदेखि सुरु प्रतियोगितामा ३ सय ५० खेलाडीले विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

श्यान्टु र सिक्कालाई उपाधि
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bhat Bhateni
पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित