काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
नवप्रवेशी टोली गुजरात आज तेस्रो जितको खोजीमा हुनेछ ।
गुजरात २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यता, पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ ।
पन्जाबले ३ खेलमा ४ अंक जोडेको छ ।
पन्जाब पाँचौं स्थानमा रहेको छ ।