सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

२०२५ सेप्टेम्बर २२, सोमबार

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एर्लिङ हालान्डको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। तर, अन्तिम क्षणमा ग्याब्रिएल मार्टिनेलीको गोलले आर्सनललाई बराबरीमा फर्कायो।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा नवौं मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नै हाफबाट बल पाएर उनले टियानी राइन्डर्सलाई पास दिए। राइन्डर्सको पास डी–बक्सको छेउमा पाउँदै हालान्डले अघि बढ्दै प्रहार गर्दा जाली चुमाए।

आर्सनलले यो सिजनमा पहिलोपटक ओपन प्लेबाट गोल खानुपर्‍यो। २०२४ सेप्टेम्बरपछि पहिलो पटक आर्सनलले प्रिमियर लिगमा यति छिट्टै गोल पनि खाएको हो।

३२औं मिनेटमा आर्सनलले पहिलोपटक गोलका लागि प्रयास गर्‍यो। तर, ननी माडुकेको हेडिङ लक्ष्यमा लागेन। २०२१ अप्रिलपछि पहिलो पटक प्रिमियर लिगमा आर्सनलले खेलको आधा घण्टा पूरा हुँदासम्म गोलका लागि कुनै शट अन–टार्गेट गर्न सकेको थिएन।

पहिलो हाफ १–० ले पछि पर्दै समाप्त गर्‍यो आर्सनलले। तर, दोस्रो हाफको सुरुदेखि आक्रमक बन्यो। ४८औं मिनेटमा मार्टिन जुबिमेन्दीको प्रहार अलिक मात्र बाहिरियो।

अन्ततः थपिएको समयको तेस्रो मिनेटमा आर्सनलले बराबरी गोल निकाल्यो। एजको पासमा मार्टिनेलीले पहिलो टचमै गोल गर्दै खेल १–१ को बराबरी ल्याए।

५ खेलमा सबै जितेर १५ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ। तीन जित र एक बराबरीसहित १० अंकसहित आर्सनल दोस्रो स्थानमा पुगेको छ। समान अंक टोटनह्याम र बोर्नमाउथको पनि छ। ५ खेलमा दुई जित र एक बराबरीसहित ७ अंकसहित सिटी नवौं स्थानमा छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलनजिक पुग्दै बार्सिलोना

रियलनजिक पुग्दै बार्सिलोना

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

Bhat Bhateni
रियलनजिक पुग्दै बार्सिलोना

रियलनजिक पुग्दै बार्सिलोना

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो