काठमाडौं । आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज÷ गर्ल्स दुवैमा एभीएम पहिलो भयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित गर्यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत गर्ल्सको उपाधि भिडन्तमा एभीएमले प्रभातलाई ३–० ले नै हरायो । सिर्जना ज्ञान सागर र प्रोक्सिमाले तेश्रो स्थानमा चित्त बुझाए ।
फरक क्षमता भएकातर्फ पुरुष बहिरा सिंगल्समा सुशान्त लामाले स्वर्ण, अनिल हमालले रजत तथा सुशिल गुरुङ र दावा शेर्पाले कांस्य जिते ।
प्रतियोगिता अन्तर्गत पुरुष÷महिला खुला सिंगल्सको लिग चरणका खेलहरु सुरु भएका छन् । त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका खेलहरु पनि प्रारम्भ भएका छन् ।