एकदिवसीयमा रोहितको शतक
शुक्रबार, चैत ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा रोहितले पपुवा न्युजिनी (पीएनजी) विरुद्ध शतक पुरा गरेका हुन् ।
रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पुरा गरे । रोहितको यो पहिलो एकदिवसीय शतक हो । रोहित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने ।
यसअघि पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।








-1762758084543.jpg&w=3840&q=75)





-1762763443397.jpg&w=3840&q=75)