काठमाडौं । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा ११ औं पुर्णमान वज्राचार्य स्मृति केबी साम राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता चैत २१ गतेदेखि हुने भएको छ ।
कोरोना भाइरसको तेश्रो लहरका कारण स्थगित प्रतियोगिता चैत २१ गतेदेखि हुन लागेको हो । यसअघि प्रतियोगिता माघ १ देखि ८ गतेसम्म हुने तय भएको थियो ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगतामा विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष समेत रहेका स्व. पूर्णमानका छोरा धम्रमानले जनाएका छन् ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चैत २६ गतेसम्म हुने छ ।