काठमाडौं । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको सम्झनामा मेलबर्न क्रिकेट स्टेडियममा शेन वार्न स्ट्यान्ड राखिएको छ ।
मेलबर्न मैदानमा रहेको ग्रेट साउदर्न स्ट्यान्डलाई नाम परिवर्तन गर्दै शेन वार्न स्ट्यान्ड नामाकरण गरिएको हो ।
वार्नको शुक्रबार सम्भवत : हृदयघातको कारण ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको थियो ।
लेजेण्ड लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए ।
उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।
सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले २०१३ सम्म फ्रेन्चाईज क्रिकेट खेलेका थिए ।
वार्नले अष्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १ सय ९४ एकदिवसीयमा २ सय ९४ विकेट लिएका थिए ।