कामनालाई इन्डोर कर्पोरेट क्रिकेट लिगको उपाधि
शनिबार, फागुन २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंकले इन्डोर कर्पोरेट क्रिकेट लिगको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराएर कामना च्याम्पियन बनेको हो ।
पहिले ब्याटिङ गरेको कामनाले १० ओभरमा १ सय ४ रन बनाएको थियो ।
उसका रिमेश रेग्मीले ४० तथा हेमन्त श्रीवास्तवले २८ रन बनाए ।
माछापुच्छ्रेका केशर रावलले १ विकेट लिए ।
जवाफमा माछापुच्छ्रेले १० ओभरमा १ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।
माछापुच्छ्रेका निशेस केसीले ५५ रन बनाए ।
खेलमा कामनाका रिमेश म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा कामनाका हेमन्त श्रीवास्तव प्लेयर अफ दि टुर्नामेन्ट बने ।
माछापुच्छ्रेका निशेष केसी उत्कृष्ट ब्याट्सम्यान र निरज कार्की उत्कृष्ट बलर चुनिए ।
प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
कामनालाई इन्डोर कर्पोरेट क्रिकेट लिगको उपाधि










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



