मिलान र इन्टरको बराबरी
बुधबार, १८ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानले बराबरी खेलेका छन् ।
मंगलबार राति भएको मिलान डर्बी गोलरहित बराबरीमा सकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल निकाल्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको ।
अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ ।
खेल सान सिरोमा हुनेछ ।
मिलान र इन्टरको बराबरी









-1778148743099.webp&w=3840&q=75)



