काठमाडौं । अष्ट्रेलियाले श्रीलंकाविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि अलराउन्डर ड्यानिएल साम्सलाई टिममा समावेश गरेको छ ।
२९ वर्षीय साम्सले सन् २०२० मा अष्ट्रेलियाका लागि डेब्यु गरेका थिए ।
उनले ४ टी–ट्वान्टी खेल्दै ५४ रन बनाउनुका साथै ४ विकेट हात पारेका छन् ।
अष्ट्रेलिया र पाहुना टोली श्रीलंकाबीचको सिरिज फेब्रुअरी ११ देखि २० तारिखसम्म चल्नेछ ।
यता ओपनर तथा अनुभवी ब्याट्सम्यान डेभिड वार्नर र अलराउन्डर मिचेल मार्सलाई भने आराम दिएको छ ।
इंग्ल्यान्डविरुद्धको पछिल्ला चार टेस्ट गुमाएका जोश ह्याजलउड भने टोलीमा अटाएका छन् ।
श्रीलंकाविरुद्धको सिरिजपछि अष्ट्रेलियाले पाकिस्तानविरुद्ध मार्च ३ देखि तीन खेलको टेस्ट, तीन खेलको एकदिवसिय र एक खेलको टी–ट्वान्टी सिरिज खेल्ने छ ।
अष्ट्रेलियाको टिममा आरोन फिन्च, एस्टन अगर, प्याट कमिङ्स, जोश ह्याजलउड, ट्राभिस हेड, मोइसेस हेन्रीक, जोश इङलिस, ड्यानिएल साम्स, बेन म्याकडर्मोट, ग्लेन म्याक्सवेल, झाए रिचर्डसन, केन रिचर्डसन, स्टेभेन स्मिथ, माईकल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वाडे र एमक जाम्पा रहेका छन् ।