काठमाडौं । न्यूजिल्यान्डका पूर्व क्रिकेट खेलाडी क्रिस कायर्नसमा आन्द्राको क्यान्सर देखिएको छ ।
हृदयघातबाट अस्पतालबाट घर फर्किएको एकहप्ता नवित्दै ५१ वर्षीय क्रिसमा क्यान्सर देखिएको हो ।
उनले सामाजिक सञ्जाल मार्फत आफूलाई क्यान्सर भएको जानकारी गराए ।
अलराउन्डर क्रिसले न्यूजिल्यान्डका लागि सन् १९८९ देखि २००६ सम्म खेलेका थिए ।
उनले ६२ टेस्ट, २ सय १५ एकदिवसिय र २ टी–ट्वान्टी खेलेका छन् ।
उनी सन् २००० मा विस्डेन क्रिकेटर्स अफ द इयर घोषित भएका थिए ।