काठमाडौं । श्रीलंका टेस्ट क्रिकेट टिमका पूर्व कप्तान सुरंगा लकमलले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
फास्ट बलर लकमलले भारतविरुद्धको टेस्ट सिरिजपछि सन्यासको घोषणा गरेका छन् ।
श्रीलंकाले बैंगलोरमा भारतविरुद्ध दुई खेलको टेस्ट तथा तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज फेब्रुअरीको अन्त्यतिरबाट सुरु हुनेछ । जुन सिरिज लकमलको अन्तिम खेल हुनेछ ।
३४ वर्षीय लकमलले श्रीलंकाका लागि ६८ टेस्ट, ८६ एकदिवसीय र ११ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।