काठमाडौं । भारत र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा ७५ प्रतिशत दर्शकलाई अनुमति दिइने भएको छ ।
फेब्रुअरी १६ तारिखबाट कोलकाताको इडेन गार्डेनमा हुने खेलका लागि वेस्ट बंगाल सरकारले ७५ प्रतिशत दर्शकलाई खेल हेर्न अनुमित दिने जनाएको हो ।
यसको मतलब भारत र वेस्ट इन्डिजबीचको खेल करिब ५० हजार दर्शकले हेर्न पाउने भएका छन् ।
काइरन पोलार्डको कप्तानीमा रहेको वेस्ट इन्डिजले भारतविरुद्ध तीन खेलको एक दिवसिय सिरिज समेत खेल्ने तालिका रहेको छ ।
एकदिवसिय सिरिज भने फेब्रुअरी ६ तारिखबाट अहमदाबादमा सुरु हुनेछ ।
यस अघि कोलकाताले गत नोभेम्बरमा न्यूजिल्यान्डविरुद्धको खेलका क्रममा ७० प्रतिशत दर्शकलाई खेल हेर्न अनुमति दिएको थियो ।