काठमाडौं । नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण गराउन दुई कोरियाली सफ्ट टेनिस प्रशिक्षक चोई चोङ्ग रियूल र पाएक हयुन सिक दुई महिनाको लागि नेपाल आएका छन् ।
आगामी नोभेम्बर र जनवरीमा आयोजना हुने ठुला प्रतियोगिताका लागि नेपाल सफ्ट टेनिस संघको अनुरोधमा दुई प्रशिक्षक नेपाल आएका हुन् ।
आगामी सन् २०१८ को नोभेम्बर १८ देखि २५ सम्म दक्षिण कोरियाको सन्चन सहरमा हुने तेश्रो बिश्व जुनियर सफ्ट टेनिस प्रतियोगिता र भारतको गुजरातको अहमदाबाद शहरमा सन् २०१९ जनवरी ९ देखि १३ सम्म आयोजना हुने प्रथम दक्षिण एशियन सफ्ट टेनिस च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपालले दुई प्रशिक्षक ल्याइएको संघका अध्यक्ष तथा अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटिएफ)का महासचिव एवं एशियाली सफ्ट टेनिस महासंघ (एएसटिएफ)का उपाध्यक्ष विनय विक्रम शाहले जानकारी गराए ।
अध्यक्ष शाहका अनुसार सफ्ट टेनिस संघको पहलमा हाल नौलिन स्पोर्टस् भिल्ला सुन्दबस्ती, गोल्फुटारको टेनिस कोर्टमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई कोरियन प्रशिक्षणहरुले प्रशिक्षण गराईरहेका छन् ।
दुई महिना बसाईको क्रममा कोरियाली प्रशिक्षकहरुले काठमाण्डौ लगायत बिराटनगर, धनगढी, नेपालगंज, बुटवल, पोखरा र नेपाल प्रहरी स्कुल साँगामा प्रशिक्षण दिने अध्यक्ष शाहले जानकारी गराए ।