काठमाडौं । इंग्ल्यान्ड पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडलाई कोभिड-१९ को संक्रमण भएको छ ।
कोभिड संक्रमण देखिएपछि उनी मेलबर्नमा सेल्फ आईसोलेसनमा बसेका छन् । उनी जनवरी ८ सम्म सेल्फ आईसोलेसनमा रहने छन् ।
४६ वर्षीय प्रशिक्षकले कोभिडको पूर्ण खोप लगाएको बताईएको छ ।
उनले अष्ट्रेलियाविरुद्धको चौंथो टेस्ट गुमाउने छन् । पाँचौं टेस्टमा भने उनी उपस्थित हुने अनुमान गरिएको छ ।