शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पराग अब राजस्थानको कप्तान

शुक्रबार, ०१ फाल्गुण २०८२खेलपाटी संवाददाता
पराग अब राजस्थानको कप्तान
Loading ad...
mustang rice ad

काठमाडौं। रियान पराग अब राजस्थान रोयल्सका नयाँ कप्तान बन्ने भएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अघि राजस्थानले उनलाई कप्तानी सुम्पने निर्णय गरेको हो।

यसअघि टोलीका कप्तान रहेका सञ्जु सामसन चेन्नाई सुपर किंग्समा गएपछि राजस्थानले नयाँ कप्तान छनोट गरेको हो।

सामसन दुई अलराउन्डर रविन्द्र जडेजा र साम करनको सट्टामा चेन्नाई गएका हुन्। २४ वर्षीय परागले यसअघि पनि राजस्थानको कप्तानी गरिसकेका छन्। गत सिजन सामसन चोटका कारण आठ खेलमा बाहिर रहँदा परागले टोलीको नेतृत्व गरेका थिए।

ती आठमध्ये राजस्थानले दुई खेल मात्र जितेको थियो। यद्यपि, परागले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्दै ती खेलमा ३८.५७ को औसतमा रन बनाएका थिए। सो क्रममा उनले कोलकाता नाइट राइडर्सविरुद्ध इडेन गार्डेन्स मैदानमा करिअरकै उत्कृष्ट ९५ रन बनाएका थिए।

ईएसपीएनक्रिकइन्फोका अनुसार मुख्य प्रशिक्षक कुमार सङ्गकाराले केही खेलाडीसँग अन्तर्वार्ता लिएपछि परागलाई कप्तान बनाउने निर्णय गरेका हुन्।

यससँगै राजस्थानले नयाँ कप्तान र नयाँ मुख्य प्रशिक्षक पाउनेछ। प्रशिक्षक राहुल द्रविडले २०२५ सिजनपछि टोली छोडेका थिए। सो सिजन राजस्थान १४ खेलमध्ये चार जित मात्र निकाल्दै दोस्रो पुछारमा रहेको थियो।

२०१९ मा आईपीएलमा डेब्यु गरेका परागले सातै सिजन राजस्थानबाट खेलेका छन्। पछिल्ला दुई सिजनमा उनले टोलीका सबै खेल खेले।२०२४ सिजन उनको सबैभन्दा सफल रह्यो।

उनले ५७३ रन ५२.०९ को औसत र १४९.२१ को स्ट्राइकरेटमा बनाएका थिए। समग्रमा उनले राजस्थानका लागि ८४ खेल खेल्दै १५६६ रन बनाएका छन् र सात विकेट लिएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य