नेपाललाई पहिलो खेलमै पराजित

काठमाडौं। नेपाललाई पराजित गर्दै पाकिस्तान ‘ए’ले महिला एसिया कप राइजिङ स्टार्समा विजयी सुरुआत गरेको छ।
शुक्रबार सम्पन्न समूह ‘ए’ को खेलमा पाकिस्तान ३० रनले विजयी भएको हो।
पाकिस्तान ‘ए’ ले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।
बिन्दु रावलले ४५ बलमा सर्वाधिक ३९ रन बनाइन्। कविता कुँवर १८ र सिता रानामगर १९ रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
पाकिस्तान ‘ए’ की अनोशा नासिरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन्। मोमिना रियासतले २ तथा वहेदा अख्तरले १ विकेट लिइन्।
त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।
कप्तान हफ्सा खालिद ३९ बलमा ४० रन बनाउँदै अविजित रहिन्। उनले २ चौका र १ छक्का प्रहार गरिन्। वहेदा अख्तरले १५ बलमा २३ रन जोडिन् भने शुरुआतमा युसरा आमिर (४) र शवाअल जुल्फिकार (१०) छिट्टै आउट भएका थिए।
नेपालका कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सिता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारे।






-1770898265562.jpg&w=3840&q=75)




-1770894249103.jpeg&w=3840&q=75)