काठमाडौं । दशैँ नेपालीहरुको महान चाड । अधिकांसले धुमधामका साथ मनाउने गर्छन् ।
दशैँ आउन केहि दिन मात्र बाँकी छ । र, दशैँ मनाउने अधिकांसले आफ्नै तरिकाको योजनाहरु बनाएका हुन्छन् ।
दशैँ मनाउने योजना हाम्रा राष्ट्रका गहना खेलाडीहरुले पनि बनाएका छन् ।
तर, अधिकांस खेलाडीको दशैँ योजना सामान्य छ । राष्ट्रका लागि खेल्दा खेल्दै उनीहरुले दशैँ योजनाहरु बनाउन पाएका छैनन् ।
कतिपय खेलाडीले यसपटकको दशैँ नमनाउने बताएका छन् । उनीहरु शोकमा रहेका छन् ।
हामीले पाँच खेलाडीलाई तपाईको दशैँ योजना कस्तो छ भनेर सोधेका थियौं ।
उनीहरुको दशैँ योजना उनीहरुकै शब्दमा :
पारस खड्का (कप्तान क्रिकेट)
दशैँ सामान्य छ । साथीभाई र परिवारसंग बस्ने, गेट टुगेदर गर्ने छ । परिवारसंग घुम्न जाने तयारी पनि छ । खासमा अहिले पोखरा प्रिमियर लिग (पिपीएल) क्रिकेटको तयारीमा छु । समय दिन सकिरहेको छैन । त्यै हो सामान्य नै हुनेछ ।
बिगतका बर्षहरुमा पनि रमाइलै हुन्थो । सबैले आफ्नो गछ्य अनुसार मनाउने हो । अरुलाई देखाउने तरिकाले दशैँ नमनाउदा नै राम्रो हुन्छ । जसको क्षमता जति छ त्यहि तरिकाले मनाउ । तर, अरुलाई असर पर्ने तरिकाले नमनाउदा राम्रो हुन्छ ।
ईम राना (कप्तान भलिबल)
बिगतको भन्दा फरक छ, यसपटकको दशैँ । म काठमाडौंमा नै दशैँ मनाउने छु । यस पटक ठुलो बुबाको निधनले जुठो परेको छ । त्यसैले दशैँ यतै हुन्छ ।
परिवारसंग घुम्न जान्छु होला । आमा बाबुको हातबाट टिका थापेर दशैँ मनाउने साइत जुरेन । घुम्न नगई कोठामा साथिहरुसंग बसेर मनाउने तयारी थियो । तर, नानी, बाबुले मानेनन् अनि घुम्न जाने योजना छ ।
नवयुग श्रेष्ठ (फुटबल खेलाडी)
अहिले घरमा छु । दशैँ परिवार र आफन्तसंग मनाउने तयारी भएको छ । सबै परिवार मिलेर कतै घुम्न पनि जान्छौ होला । जे होस दशैँ रमाइलो हुनेछ ।
पोहोर सालको दशैँ रमाइलो भएको थियो । गाउमा मनाउन्छु म हरेक सालको दशैँ रमाइलो नै हुन्छ । आफन्तहरुसंग भेटघाट हुन्छ । सबैजनासंगै हुन्छौ । अरुलाई देखाउने तरिकाले भने दशैँ मनाउदैन् । सामान्य खालको दशै हुन्छ ।
रुबिना क्षेत्री (कप्तान क्रिकेट)
यस पटकको दशैँ मनाउने छैनौं । हजुरबुबाको जुठो परेको छ । घुम्न जाने तयारी पनि छैन् । घुम्न जान खासै मन पर्दैन । त्यसैले घर परिवारसंग बसेर मनाउने तयारी छ । पोहोरको सालको दशैँ पनि ठिकै थियो । म त्यति रमाइलो गर्दिन र घर भन्दा बाहिर पनि निस्कन्न त्यसैले ठिकै लाग्छ हरेक दशैँ ।
प्रतिभा माली (भलिबल खेलाडी)
दशैँमा आफन्तसंग भटघाट गर्ने तयारी छ । दशैँमा टिका भने लगाउदैनौ । हजुरबुबाको निधन भएको छ । मिलेछ भने घुम्न जाने छु । बिगतका बर्षहरुमा रमाइलो हुन्थ्यो, सबै जम्मा हुन्थ्यौ । घुम्न पनि जान्थ्यौ । यस पटक त्यस्तो छैन् । जे होस सबैजनासंग भेटघत चाहि हुन्छ ।