काठमाडौं । आठ पटकका ओलम्पिक च्याम्पियन उसेन वोल्टले आफू सामाजिक सञ्जालबाट टाढै बस्ने गरेको बताएका छन् ।
सबै भन्दा महान छोटो दूरीका धावकको रुपमा मानिने बोल्टले यसै हप्ता दुबईको एक्पो २०२० मा बोल्दै आफू सामाजिक सञ्जालबाट टाढै बस्ने गरेको बताए ।
बोल्टका अनुसार जब उनी घाइते भएपछि व्यावसायिक खेल जीवनमा संक्रमणकाल आयो, तब अनलाईन तथा भेट्ने जतिले उनलाई फेरी पहिला जस्तो सफलता हात पर्न नसक्ने प्रतिक्रिया दिने गरेका थिए ।
जसका कारण उनी सधै सामाजिक सञ्जालबाट टाढा बस्ने गरेका छन् ।
‘म सामाजिक सञ्जालबाट टाढा रहन्छु । म सबै लेखहरुबाट टाढा रहन्छु । तपाईले जहातजी धेरै कुरा सुन्नु हुन्छ, तर म सकेसम्म टाढा रहने प्रयास गर्छु,’ बोल्टले भने ।
सन् २०१७ मा दौडबाट सन्यास लिएका बोल्टले अझै पनि प्रतिस्पर्धाको रोमाञ्चकतालाई सम्झिरहेको तथा अझै पनि एथलेटिक्सलाई नजिकबाट नियाली रहेको बताए ।
उनले अवश्यपनि इटालीका लामोन्ट मार्सेल जाकोब्सलाई पछ्याइरहने छ किनभने लामोन्टले २०२० को टोकियो ओलम्पिकमा एक सय मिटर दौडमा बोल्टको कीर्तिमानलाई तोडेका थिए ।
‘यो मेरो लागि आश्चर्यजनक थियो,’ बोल्टले प्रतिक्रिया जनाए ।
बोल्टका अनुसार उनले अमेरिकी धावकहरुलाई हेर्दा लागेको थियो अमेरिकी धावकले उक्त दौड जित्नेछन भनेर तर लामोन्टले आफूलाई प्रमाणित गरेको उनले बताए ।