काठमाडौं । 'ए' डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ ।
हिमालयन शेर्पाले बुधबार नेपाल आइसको सिजी ब्रुअरी प्रालीसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा र सिजीका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गरेको हो ।
प्रायोजन रकम भने गोप्य राखिएको छ ।
सम्झौतापछि बोल्दै सिजिका पुडासैनीले सामाजिक उत्तरदायीत्व र फुटबल विकासका लागि प्रायोजन गरिएको बताए ।
'यस अघि विभिन्न खेलमा संलग्नता थियो । अब नेपाल आइस हिमालयन शेर्पाको रूपमा अघि बढाईनेछ,' उनले भने, 'सामाजिक उत्तरदायित्वसंगै फुटबल विकासमा यस सम्झौताले सहयोग पुर्याउनेछ ।'
नयाँ सिजनको 'ए' डिभिजन लिग शुक्रबारबाट सुरु हुँदैछ ।
हिमालयन शेर्पाले शनिबार संकटासँग खेल्दै लिगको सुरुआत गर्नेछ ।