भीभीएस लक्ष्मण एनसीएको प्रमुख बन्दै
मंगलबार, कार्तिक ३०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व ब्याट्सम्यान भीभीएस लक्ष्मण नेसनल क्रिकेट एकेडेमी (एनसीए) को प्रमुख बन्ने भएका छन् ।
बीसीसीआईका एक अधिकारीले लक्ष्मण एनसीको प्रमुख बन्ने पुष्टि गरेका छन् ।
तर, बीसीसीआईले आधिकारिक रुपमा भने केहि बताएको छैन ।
क्रिकइन्फोको अनुसार लक्ष्मणले बीसीसीआईको प्रस्ताव स्वीकार गरेका छन् ।
४७ वर्षीय लक्ष्मणले राहुल द्रविडको स्थान लिन लागेका हुन् ।
रबि शास्त्रीले टिम छाडेपछि द्रविड भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भईसकेका छन् ।
लक्ष्मणले हालै आईपीएल टिम सनराईजर्स हैदरावादको मेन्टरको जिम्मेवारी छाडेका छन् ।










-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

