कोरियामा नेपाल उपविजेता
सोमबार, २९ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण कोरियामा आयोजना भएको अन्तराष्ट्रिय लिग फुटबल प्रतियोगितामा नेपाल फुटबल महासंघ, दक्षिण कोरियाको टिम उपविजेता बनेको छ ।
आइतबार भएको फाइनलमा भियतनामसँग १-० गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।
नेपाली टिम राज थापाको कप्तानीमा खेलेको थियो ।
प्रतियोगितामा आठ टिमको सहभागिता रहेको नेपाली टिमका म्यानेजर फिलिप्स गुरुङले जानकारी गराए।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता नेपालका दिनेश राई चुनिए ।










%20(1)-1777447778534.jpeg&w=3840&q=75)



