काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र न्यूजिल्यान्डबीच आज आईतबार महत्वपूर्ण खेल हुदैँछ ।
सुपर १२ को समूह २ अन्तर्गत अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेल अबुधावीमा पाैने ४ बजे सुरु हुनेछ ।
यस समूहबाट लगातार चार जित हात पार्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
त्यसैले बाँकी एक स्थानका लागि न्यूजिल्यान्ड, अफगानिस्तान र भारत संघर्षरत छ ।
तर आजको खेलमा न्यूजिल्यान्डले जित हात पारे सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
यदि अफगानिस्तानले जित हात पारे, न्यूजिल्यान्ड, अफगानिस्तान र भारतका लागि सेमिफाइनलको स्थान खुल्ला रहनेछ ।
अंक तालिकामा पाकिस्तान ८ अंक सहित शीर्ष स्थानमा रहेको छ भने न्यूजिल्यान्डले चारमध्ये तीन खेलमा जित हात पार्दै ६ अंक जोडेको छ । न्यूजिल्यान्ड दोस्रो स्थानमा छ ।
यता चारमध्ये दुई–दुई खेलमा जित हात पारेको भारत र अफगानिस्तानको समान चार–चार अंक रहेपनि नेट रनरेटमा भारत अगाडी छ ।
यता नामिविया र स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यही समूह अन्तर्गत पाकिस्तानले स्कटल्याण्डसँग शारजाहमा राति पाैने ८ बजे खेल्नेछ ।
भारत र नामिवियाबीचको खेल सोमबार हुनेछ ।