बंगलादेशमा महिला क्रिकेट टिमको अभ्यास सुरु
शुक्रबार, कार्तिक १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । बंगालदेश पुगेको नेपाली महिला क्रिकेट टिमले आज शुक्रबारबाट तयारी सुरु गरेको छ ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीका लागि नेपाली टिम बिहिबार बंगलादेश पुगेको हो ।
नोभेम्बर ११ तारिखसम्म बंगलादेशमा रहदा नेपालले बंगलादेश क्रिरा शिखा प्रोतिस्ठानविरुद्ध चारवटा अभ्यास खेल खेल्नेछ ।
विश्वकपको एसिया छनोट युएईमा नोभेम्बर १९ देखि २९ तारिखसम्म हुनेछ ।
प्रतियोगिताको पहिलो खेल नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।
नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तथा तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा खेल्नेछ ।
नेपालले चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतियोगिताको शीर्ष टोलीले आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)