काठमाडौं । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)ले योर्कशायर क्रिकेट क्लबलाई इंग्ल्यान्डमा खेलहरु आयोजना गर्नबाट रोक लगाएको छ ।
योर्कशायरमाथि पूर्व खेलाडी अजिम रफिकले लगाएको नश्लवादी आरोपलाई लिएर क्लबले जनाएको प्रतिक्रियापछि इसिबीले यस्तो निर्णय लिएको हो ।
एक स्वतन्त्र अनुसन्धानले रफिकले जातिय उत्पीडन तथा धम्की खेपेको जनाएको थियो ।
इसिबीका अनुसार क्लबले अपेक्षित मापदण्डहरु पुरा गर्न सक्ने आधार स्पष्ट रुपमा प्रदर्शन गर्न नसकेसम्म प्रतिवन्ध जारी रहनेछ ।
इसिबीले यो स्पष्टरुपमा भनेको छ कि योर्कशायरले सो मुद्दामा गरेको कार्य पूर्ण रुपमा अस्वीकार्य छ र यसले खेलको प्रतिष्ठामाथि गम्भिर क्षति पुर्याएको छ ।
योर्कशायरका ग्यारी ब्यालेन्सले रफिकलाई जातीय भाषा प्रयोग गरेको स्विकार गरेका थिए ।
इसिबीले ब्यालेन्सलाई पनि इंग्लान्डको टिममा अनिश्चित कालसम्म छनोट हुन नसक्नेगरी प्रतिवन्ध लगाएको छ ।
योर्कशायरले आगामी वर्ष जुनमा न्यूजिल्यान्डविरुद्धको टेस्ट तथा जुलाईमा दक्षिण अफ्रिकाविरुद्धको एकदिवसिय खेल आयोजना गर्ने तय भएको थियो ।