एसिया छनाेट : नेपालले हङकङविरुद्ध खेल्ने
बुधबार, १७ कार्तिक २०७८खेलपाटी संवाददाता

फाइल तस्बिर/खेलपाटी
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ ।
युएईमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।
नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तारिखमा खेल्ने तालिका रहेको छ । त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा हुनेछ ।
नेपालले आफ्नो चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्नेछ ।





-1770898265562.jpg&w=3840&q=75)




-1770894249103.jpeg&w=3840&q=75)

