एसिया छनाेट : नेपालले हङकङविरुद्ध खेल्ने
बुधबार, कार्तिक १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ ।
युएईमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।
नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तारिखमा खेल्ने तालिका रहेको छ । त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा हुनेछ ।
नेपालले आफ्नो चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्नेछ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)