काठमाडौं । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा साउथ अफ्रिकाले शानदार जित निकालेको छ ।
मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित निकालेको हो ।
बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य साउथ अफ्रिकाले ३९ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो ।
साउथ अफ्रिकाका लागि कप्तान टेम्बा बावुमाले नटआउट ३१ रन जोडे । ओपनर क्विनटन डी ककले १६ रन बनाएको इनिङ्समा अर्को ओपनर रिजा हेन्डरिक्स ४ रनमा आउट भए ।
रक्सी वेन डेर डुसनले २२ रन बनाएको इनिङ्समा एडेन माक्राम शुन्य रनमा आउट भए ।
बंगलादेशका टास्किन अहमेदले २ तथा महेदी हसन र नसुम अहमदले एक एक विकेट हात पारे ।
यसअघि, अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा अल आउट हुँदै जम्मा ८४ रन जोड्न सक्यो ।
बंगलादेशका लागि महेदी हसनले सर्वाधिक रन जोडे । लिटोन दासले २४ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका कगिसो राबाडा र एनरिच नोर्जले समान ३–३ विकेट हात पारे । तबरेज सम्सीले २ विकेट लिएका थिए ।
बंगलादेशलाई हराउँदै साउथ अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ । अफ्रिकी टिमले ४ खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
उसले तेस्रो स्थानको अष्ट्रेलियासंग दुई अंकको अग्रता लिएको छ । इङ्ल्याण्ड ८ अंक सहित सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।