राहुलले भारतको कप्तानी गर्ने सम्भावना
मंगलबार, कार्तिक १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । न्यूजिल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट श्रृङखलाका लागि केएल राहुल भारतीय क्रिकेट टिमको कप्तान बन्ने सम्भावना रहेको छ ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटपछि विराट कोहलीले कप्तानी छाड्ने निश्चित भईसकेको अवस्थामा राहुल कप्तान सम्भावना बढेको हो ।
विश्वकपपछि अधिकांश खेलाडीहरु विश्राममा जानेभएका कारण पनि राहुलले कप्तानीको जिम्मेवारी पाउने भारतीय संचार संस्था एएनआईले श्रोतलाई उदृत गर्दै जनाएको छ ।
सिनियर खेलाडीहरु विश्राममा जाने हुनाले राहुल कप्तान बन्ने लगभग निश्चित भएको बताइएको छ ।
न्यूजिल्यान्डले तीन टी–ट्वान्टी र दुई टेस्टका लागि भारतको भ्रमण गर्नेछ ।
श्रृङखला १७ तारिखबाट सुरु हुनेछ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)