काठमाडौं । क्रिकेटको तीनवटै फर्मेटमा शतक पुरा गर्ने जोस बटलर इंग्ल्यान्डको पहिलो खेलाडी बनेका छन् ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाविरुद्ध शतक पुरा गरेपछि बटलर तीनवटै फर्मेटमा शतक पुरा गर्ने इंग्ल्यान्डका पहिलो खेलाडी बनेका हुन् ।
इंग्ल्यान्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा बटलरले १ सय १ रनको योगदान गरे ।
सन २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका बटलरले टेस्टमा दुई तथा एकदिवसीयमा नौ शतक प्रहार गरेका छन् ।